काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज  पुनः बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने तय गरिएको छ ।

आजको बैठकमा देशको ताजा राजनीतिक अवस्था र समसामयिक विषयहरूबारे विस्तृत छलफल हुने रास्वपाले जनाएको छ । त्यससँगै सद्भाव यात्रा कार्यक्रम, आगामी विस्तारित बैठकका एजेन्डा तय गर्ने कार्य तथा विपद् व्यवस्थापनमा पार्टीको भूमिका स्पष्ट गर्ने विषयहरू पनि प्रमुख एजेन्डाका रूपमा रहनेछन् ।

advertisement

यसअघि असोज २२ गते बसेको सचिवालय बैठकमा उठेका विषयको निरन्तरता स्वरूप आजको बैठक आयोजना गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com