काठमाडौं । नेकपा (एमाले)को पदाधिकारी बैठक आज बिहान भक्तपुरको गुण्डुमा सुरु भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली बसोबास गरिरहेको घरमै भइरहेको हो ।

पार्टी स्रोतका अनुसार, बैठकमा हालको राजनीतिक परिस्थिति, आगामी निर्वाचनको तयारी र संगठनात्मक रणनीतिबारे विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

advertisement

जेनजी आन्दोलनपछि विभिन्न दलभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस तीव्र बनेको छ । तर एमालेभित्र भने संस्थापन पक्ष अध्यक्ष ओलीको नेतृत्वमा एकजुट देखिएको छ ।

हालै भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अन्तरिम सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा स्पष्ट अडान लिएका थिए । उनले भनेका थिए, ‘एमाले देशको स्थायित्वका लागि प्रतिनिधि सभा पुनर्स्थापनाको पहल गर्छ।’

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएपछि उनी सुरक्षा कारणले २४ भदौदेखि नेपाली सेनाको निगरानीमा रहेर गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

यसैबीच, एमालेको भातृ संगठन युवा संघ नेपालले भोलि (शनिबार) काठमाडौंमा शक्ति प्रदर्शनस्वरूप मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको छ । र्‍यालीमा केन्द्रदेखि स्थानीय तहसम्मका कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com