काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौती गरिएकोप्रति कडा आपत्ति जनाएका छन् ।

बस्नेतका अनुसार पूर्वप्रधानमन्त्रीजस्तो विशिष्ट व्यक्तिको सुरक्षा घटाउनु सरकारको गम्भीर त्रुटि र गैरजिम्मेवार व्यवहार हो ।

advertisement

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘पूर्वविशिष्ट व्यक्तिहरूको उचित सुरक्षा सुनिश्चित गर्नु विश्वभरका सरकारहरूको कानुनी र नैतिक दायित्व हो, तर अहिलेको सरकारले त्यसबाट पन्छिने प्रयास गरेको देखिन्छ।’

बस्नेतले थप लेखेका छन्, ‘सरकारले आफ्नो दायित्वबाट पछि हटेको अवस्थामा पनि हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न हामी सक्षम छौँ भन्ने सन्देश सबैलाई दिन चाहन्छौँ।’

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com