काठमाडौं । टोखामा फलामको रड प्रहारबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

टोखा नगरपालिका–२ चण्डेश्वरीमा बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बूको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

advertisement

प्रहरीका अनुसार सोही स्थानमा बसोबास गर्दै आएका उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुलीका ४० वर्षीय खुपबहादुर तामाङसँग विवाद भएपछि लिम्बूमाथि फलामको रड प्रहार गरिएको थियो ।

गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो, तर शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले गणेश र खुपबहादुरलाई नियन्त्रणमा लिएको छ । विवादको कारणबारे हाल अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com