काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तयारी नपुगेको कारण दुई दिन पर सारिएको छ । यसअघि असोज २७ गते बस्नेगरि तय भएको बैठक अब असोज २९ गते बस्ने भएको हो ।

बैठक असोज २९ गतेदेखि असोज ३१ गतेसम्म बस्ने तय भएको छ । आज पार्टीको सचिवालय बैठक जारी छ । आजको बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने भनिएको छ ।

advertisement

बैठक अध्यक्ष केपी शर्मा ओली भाडामा बसेको भक्तपुरको गुण्डुको घरमा जारी छ । अध्यक्ष ओलीले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । एमाले संसद् पूनःस्थापनाको पक्षमा दृढताका साथ उभिने भनेर ओलीले हिजो नै घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com