काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ३० बुँदे सुझावसमेतको विवरण प्रदान गरेकी छन् ।

भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार मन्त्री पुनलाई पठाएको सुझाव सार्वजनिक गरेकी हुन्। यस सुझावमा उनले आफ्नो कार्यकालमा सुरु गरेका योजना, सञ्चालनमा ल्याएका कार्यक्रम र जारी निर्देशनहरू समेटेकी छन्।

advertisement

पूर्वमन्त्री भट्टराईका अनुसार, मन्त्री पुनले फोनमार्फत आफूले सुरु गरेका योजनाबारे जानकारी मागेका थिए।

उनी लेख्छिन्, ‘माननीय मन्त्री महावीर पुनले फोनमार्फत मेरो कार्यकालमा सुरु भएका योजना, काम र निर्देशनबारे सुझावसहित जानकारी पठाउन भन्नुभयो। त्यस अनुरूप मैले अध्ययन, सुझाव र तयार भएका कार्ययोजना उनको जानकारीका लागि पठाएको छु, जसलाई तुरुन्तै लागू र अद्यावधिक गर्न सकिने विश्वास छ।’

यससँगै भट्टराईले आफ्नो अनुभव र पूर्वनिर्देशहरूलाई आगामी कार्यनीतिमा उपयोगी बनाउने उद्देश्य राखेकी छिन्।

 

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com