काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकु पृष्ठभूमिका वाईसीएल टोली खटाइएको छ।

सरकारले प्रचण्डको सुरक्षामा खटाएका केही जनशक्ति फिर्ता गरेपछि आवश्यक सुरक्षाका लागि वाईसीएल टोली परिचालन गरिएको हो।

advertisement

वाईसीएल अध्यक्ष पुष्प ओलीले पुष्टि गर्दै भने, ‘पछिल्ला परिस्थितिहरूमा अध्यक्ष प्रचण्डलाई सुरक्षा खतरा हुनसक्ने भएकाले आवश्यकता अनुसारको संख्यामा टोली खटाएका छौं।’

स्रोतका अनुसार प्रचण्डको सुरक्षामा तीन तहको सुरक्षा प्रणाली अपनाइएको छ। सबैभन्दा भित्री तहमा विशेष तालिमप्राप्त पूर्वलडाकु रहेका छन्। बाहिरी घेरामा फिल्डमा खटिने वाईसीएल टोली रहन्छ भने अर्को टोली गोप्य सूचना संकलन र ‘इन्टेलिजेन्स’ जस्तो भूमिका निर्वाह गर्दैछ।

प्रचण्डको भ्रमणका क्रममा स्कर्टिङ आवश्यक परेमा केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने व्यवस्था मिलाइएको छ। सुरक्षा टोलीको संख्या आवश्यकता र परिस्थितिअनुसार परिवर्तन हुने पनि प्रचण्ड निकट स्रोतले जानकारी दिए।

यसअघि १० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्षमा रहेका माओवादी कार्यकर्ताहरू शान्ति प्रक्रियामा आएपछि युवा संगठन वाईसीएलमा समाहित भएका थिए। तीमध्ये केही सदस्यहरू अहिले पनि लडाकु पृष्ठभूमिका छन् र प्रचण्डको सुरक्षामा खटिएका छन्।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com