काठमाडाैं । आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत आज बंगलादेश र न्युजिल्यान्डबीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल भारतीय समयअनुसार दिउँसो ३:१५ बजे (नेपाली समय अनुसार पनि ३:१५ बजे) भारतको बार्सापारा क्रिकेट रंगशालामा सुरु हुनेछ।
जारी विश्वकपमा दुवै टोलीले यसअघि दुई–दुई खेल खेलेका छन्। आजको खेल दुवैका लागि तेस्रो हो। बंगलादेशले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ भने न्युजिल्यान्ड अझै पनि जितविहीन छ।
न्युजिल्यान्डले पहिलो खेलमा अष्ट्रेलियासँग ८९ रनले पराजय बेहोरेको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले हार्दै समूह चरणमा दबाबमा परेको छ।
त्यस्तै, बंगलादेशले आफ्नो अभियान उत्कृष्ट रूपमा सुरु गरेको थियो। पहिलो खेलमा उसले पाकिस्तामाथि ७ विकेटको सहज जित दर्ता गरेको थियो, तर दोस्रो खेलमा इंग्ल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो।
आजको खेल दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। न्युजिल्यान्ड पहिलो जितको खोजीमा हुनेछ भने बंगलादेश दोस्रो जित निकाल्दै सेमिफाइनल दौडमा बलियो स्थिति बनाउन चाहन्छ।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया