काठमाडौं । नेपालका छ महिला क्रिकेटरले मलेसियाको घरेलु टी–२० क्रिकेट प्रतियोगितामा खेल्ने भएका छन्।

मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुने ‘एमसिए वुमेन्स इन्टरस्टेट टी–२० च्याम्पियनसिप’ आगामी अक्टोबर १६ देखि २८ तारिखसम्म क्वालालम्पुरमा हुने भएको हो।

यस प्रतियोगितामा नेपाली खेलाडी दुई फरक राज्य टोलीबाट प्रतिनिधित्व गर्नेछन्। सिता राना मगर, कविता जोशी र राजमती ऐरी सेलाङगोर क्रिकेट एसोसिएसनबाट खेल्नेछन् भने रुबिना क्षेत्री, पूजा महतो र कविता कुँवर सारावाक क्रिकेट एसोसिएसनमा आबद्ध हुने भएका छन्।

हालै सम्पन्न नेपाल र मलेसियाबीचको पाँच खेलको टी–२० सिरिजमा नेपालले ३–२ ले विजयी भएको थियो। उक्त सिरिजपछि नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो। तर, घरेलु लिगमा आबद्ध रहेका यी छ खेलाडी भने मलेसियामै बसेका छन्।

यसअघि पनि नेपालका १४ महिला क्रिकेटरले मलेसियाको महिला फ्रेन्चाइज लिगमा सहभागिता जनाएका थिए। नयाँ प्रतियोगितामा उनीहरूको प्रदर्शनले नेपाली महिला क्रिकेटको अन्तर्राष्ट्रिय अनुभव थप समृद्ध बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com