ललितपुर । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारकै कारण देशले ठूलो राजनीतिक सङ्कट व्यहोर्नु परेको टिप्पणी गरेका छन्।
शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै हटेको छैन। यो देख्दा मलाई दुःख लाग्छ।’
उनले स्पष्ट पारे, ‘जनताको भावना र देशको आवश्यकतालाई भन्दा आफ्नै मनोगत अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले नै राजनीतिक सङ्कट निम्त्याएको हो।’
यसअघि बिहीबार, एमाले अध्यक्ष केपी शर्मा ओलीले परिवर्तनलाई अस्वीकार गर्दै भक्तपुरबाट आफ्नो धारणा सार्वजनिक गरेका थिए। उनले वर्तमान सरकारलाई चेतावनी दिँदै संसद् पुनर्स्थापना हुनुपर्ने र चुनावको पक्षमा नरहेको स्पष्ट पारेका थिए।
प्रचण्डका टिप्पणीहरू जेनजी आन्दोलन अघि सरकारको नेतृत्वमा रहेका ओली र उनको पार्टीको अहङ्कारलाई लक्षित गर्दै गरिएको हो।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया