झापा । झापाको शिवसताक्षी नगरपालिका–१ मा मन्दिर टोलमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलकाअनुसार सो दुर्घटनामा बिर्तामोड–५ निवासी अन्दाजी २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो ।

advertisement

पाराबारीबाट धरमपुर चोकतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ९३५८ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही स्कुटी पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी–४ निवासी ३४ वर्षीय सीताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ निवासी अन्दाजी वर्ष–३१ का सुरज कार्की गम्भीर घाइते भएका छन् । उनीहरूको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com