काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बस्नेछ ।

आजको बैठकमा महाधिवेशनको मिति तोक्नेबारे छलफल केन्द्रित हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

advertisement

शुक्रबार सुरु भएको सचिवालय बैठकमा पार्टीको एकतालाई सुदृढ गर्नुपर्नेछ, नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ, पुस्तान्तरण गर्नुपर्नेलगायत कुरा उठेका छन् । बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे समीक्षा गरिएको थियो ।

यस्तै, यही असोज २९ देखि ३१ गतेसम्म हुने केन्द्रीय कमिटी बैठकका विषयमा पनि सचिवालय बैठकमा छलफल चलिरहेको छ ।

 

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com