काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको छ। शनिबारका लागि तय गरिएको बैठक अब आइतबार बिहान ११ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार अध्यक्ष ओलीलाई रुघा–खोकीको समस्या देखिएपछि बैठक सारिएको हो।

advertisement

शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको आसन्न महाधिवेशनबारे प्रारम्भिक छलफल भएको थियो। सो बैठकले महाधिवेशनमार्फत पार्टीभित्र उठेका प्रश्नहरूको उत्तर खोज्दै नयाँ ऊर्जा र दिशासहित अघि बढ्ने निष्कर्ष निकालेको थियो।

त्यसैगरी बैठकमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण उत्पन्न राजनीतिक परिस्थिति र त्यसको प्रभावबारे पनि विस्तृत समीक्षा गरिएको थियो। बैठकले राष्ट्रिय एकता मजबुत बनाउन, कुनै दललाई निषेध नगरी सहकार्य र सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com