काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज तय भएको जेन–जी युवाहरूसँगको भेटमा सहभागी हुन नपाएका युवाहरूले शीतल निवासअघि विरोध प्रदर्शन गरेका छन्।
वार्ता टोलीमा आफूहरूलाई समावेश नगरी सुदन गुरुङको नेतृत्वमा रहेको समूह मात्र शीतल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेका युवाहरू आक्रोशित बनेका हुन्।
भेटमा समावेश हुन नपाएका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सबै प्रतिनिधिलाई समान अवसर दिन माग गरेका छन्। हाल ठूलो संख्यामा युवाहरू शीतल निवासअगाडि भेला भएर “सबैलाई प्रवेश दिनुपर्छ” भन्ने माग गरिरहेका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ भने प्रहरीले युवाहरूसँग संवाद गर्दै अवस्था शान्त बनाउन प्रयास गरिरहेको छ।
प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार












प्रतिक्रिया