काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच आज तय भएको भेटवार्ता स्थगित गरिएको छ। अब उक्त छलफल सोमबार दिउँसो ३ बजे हुने भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सोमबार हुने भेटमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित रहनेछिन्।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो। सो बैठकमा आसन्न निर्वाचनका तयारी, राजनीतिक स्थायित्व र पछिल्ला घटनाक्रमबारे विस्तृत चर्चा गरिएको थियो।
राष्ट्रपतिले आगामी भेटवार्तामा जेन–जी आन्दोलनका युवाहरूका माग र दृष्टिकोण प्रत्यक्ष सुन्ने तयारी गरेको बताइएको छ।
प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार












प्रतिक्रिया