काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्।

शनिबार जेन–जी आन्दोलनका प्रतिनिधिहरूसँग निर्धारित छलफलअघि अस्वस्थ भएपछि उनले कार्यक्रम स्थगित गरी उपचारका लागि अस्पताल पुगेका हुन्।

advertisement

अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

उनी अस्पताल पुगेको करिब दुई घण्टा बितिसकेको र हाल प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे चिकित्सक टोलीले प्रारम्भिक मूल्यांकनपछि विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com