काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले देशलाई संभावित मुठभेडबाट जोगाउन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत संदेश जारी गर्दै उनले हालका राजनीतिक अभिव्यक्तिहरू र जेन–जी आन्दोलनबाट आएको प्रतिक्रियाले देश तनावतर्फ उन्मुख हुन सक्ने चिन्ता व्यक्त गरे।

advertisement

उनले लेखेका छन्, ‘राष्ट्रभन्दा ठूलो केही छैन। अहिले मुठभेडतर्फ होइन, शान्ति र वैधानिकता स्थापनातर्फ सबैले योगदान गर्नुपर्ने समय हो।’

नेता शर्माले राष्ट्रको रक्षा र जनभावना सम्बोधनका लागि आवश्यक परे आफ्नो स्वार्थ र आग्रह पनि त्याग्न तयार रहन सबै पक्षलाई आह्वान गरे।

उनका अनुसार, देशको स्थायित्व र समृद्धि सुनिश्चित गर्न शान्तिपूर्ण संवाद नै सबैभन्दा प्रभावकारी मार्ग हो।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com