काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँगको भेटमा मन्त्री खरेलले फागुन २१ मा चुनाव हुनेमा सरकारले अडिग रहेको बताएका हुन्। उनले भने, ‘सरकारको विशेष म्याण्डेट अनुसार फागुन २१ मा चुनाव गर्नैपर्छ। यसमा सरकार स्पष्ट छ।’

advertisement

त्यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा पनि जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी काम अघि बढाइएको उनले बताए। मन्त्री खरेलले बताएअनुसार केही ठूलो काण्डहरूको छानबिनमा दुई–तीन महिना लाग्न सक्छ भने केही एक वर्ष वा दुई वर्ष पनि लाग्न सक्छ। तर सरकारको लक्ष्य आगामी ६ महिनाभित्र कम्तीमा जनताले महसुस गर्ने कामहरू अघि बढाउनु रहेको उनले स्पष्ट पारे।

जेन–जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अन्य क्षतिको अनुसन्धान गरी दोषीलाई कारबाही गरिने पनि उनले बताए। मन्त्री खरेलले भने, ‘देशभर धेरै क्षति भएको छ। त्यस हिसाबले यसको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न दुविधा राख्नु हुँदैन।’

यस क्रममा मन्त्री खरेलले सरकारको प्रतिबद्धता र सुशासन कार्यान्वयनमा भइरहेको प्रगतिबारे पत्रकारहरूसँग व्यापक छलफल पनि गरेका थिए।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com