काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संस्थापन इतर समूहको बैठक आइतबार काठमाडौँमा सम्पन्न भएको छ। बैठकमा महामन्त्री डा. धवल शमशेर राणाप्रति सम्बन्धित इतर पक्षका केन्द्रीय सदस्यहरू उपस्थित थिए।
बैठकमा प्रमुख रूपमा ६ एजेण्डामा छलफल भएको थियो। राप्रपाका नेताका अनुसार, तिहारपछिको समयलाई दृष्टिगत गर्दै इतर पक्षले देशव्यापी केन्द्रीय समिति भेला काठमाडौँमा आयोजना गर्ने तयारी गरिरहेको छ।
बैठकमा उठाइएका मुख्य एजेण्डा यस प्रकार छन् :
१. गत माघदेखि बस्न नसकेको केन्द्रीय समितिको बैठक आह्वान गर्ने।
२. नियमित महाधिवेशनको मिति घोषणा गराउन संस्थापन पक्षमा दबाब सिर्जना गर्ने।
३. अवैधानिक ढङ्गबाट पदमुक्त भएका नेताहरूलाई पुनर्बहाली गर्ने।
४. जेन–जी आन्दोलनपछिका घटनाप्रति पार्टी नेतृत्वको मुखदर्शक व्यवहारमा गम्भीर आपत्ति जनाउने।
५. तिहारपछिको देशव्यापी केन्द्रीय समिति भेलालाई मार्गदर्शन गर्दै अवैधानिक निर्णयहरूलाई चुनौती दिने।
बैठकमा काठमाडौँमा उपलब्ध ९६ जना केन्द्रीय सदस्यहरूले भाग लिएका थिए। बैठकले आगामी रणनीति तयार गर्दै पार्टीभित्रको असन्तोष र नेतृत्वगत विवादलाई सम्बोधन गर्ने योजना बनाएको छ।
प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार












प्रतिक्रिया