काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान संकटपूर्ण अवस्थामा राष्ट्रिय एकता र सहकार्य अत्यावश्यक भएको बताएकी छन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले देशलाई स्थिरता र प्रगतिको दिशामा लैजान सबै राजनीतिक शक्तिहरू एकसाथ जुट्नुपर्ने आवश्यकता औंल्याइन्।

advertisement

भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा सदस्यहरूको आसन्न निर्वाचन, सभाको बैठक आह्वान र विधेयकहरूमा भइरहेको प्रगतिको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए।

आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यहरूको कार्यकाल समाप्त हुने भएकाले ३५ दिनअघि नै निर्वाचनको तयारी गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार आवश्यक प्रक्रिया अघि बढाउनेबारे दुवैबीच परामर्श भएको थियो।

भेटपछि अध्यक्ष दाहालले पत्रकारहरूलाई जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचन तयारी, बैठक बोलाउने विषय र संसद्मा रहेका विधेयकहरूबारे विस्तृत रूपमा छलफल भएको छ।’

यसबीच, जेन–जी आन्दोलनको दोस्रो दिन बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी भएको र त्यसले संरचनागत क्षति पुर्‍याएको हुँदा आगामी संसद् बैठक कहाँ बोलाउने भन्ने विषयमा सरकार र संसद् सचिवालयबीच पनि छलफल जारी रहेको बताइएको छ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com