काठमाडौं । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा रुकुम पश्चिमका शिक्षक मृत अवस्थामा फेला परेका छन्।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा निवासी ४६ वर्षीय सुरेश पुन मगर मंगलबार मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ। पुन मगर सिस्ने सनराइज बोर्डिङ स्कुल, रुकुम पश्चिमका प्रिन्सिपल हुन्।

एक महिनादेखि उनी सुन्धारास्थित होटल रोयल थकालीमा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा घटनामा कुनै आपराधिक शंका नदेखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com