काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा नक्कली अकाउन्ट खोलिएको घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

फेसबुकलगायत विभिन्न प्लेटफर्ममा कार्कीको नाम र तस्वीर प्रयोग गरी फेक प्रोफाइलबाट सूचनाहरू प्रसारित भइरहेको पत्ता लागेको हो । यसबारे प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती सबै अकाउन्ट नक्कली भएको र तीबाट प्रसारित सूचना भ्रमपूर्ण रहेको जनाएको थियो ।

advertisement

घटनापछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ । ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीका अनुसार केही व्यक्तिहरूलाई बयानका लागि बोलाइएको छ, यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।

साइबर ब्यूरोको प्रारम्भिक अनुसन्धानमा प्रधानमन्त्री कार्कीको नाममा २६ वटा नक्कली अकाउन्ट सञ्चालनमा रहेको पत्ता लागेको छ । तीमध्ये केही अकाउन्ट बन्द भइसकेका छन् भने बाँकीबारे फेसबुक र अन्य सम्बन्धित कम्पनीसँग समन्वय गरेर बन्द गर्ने प्रक्रिया अघि बढाइएको ब्यूरोले जनाएको छ ।

प्रहरीले यस्ता गतिविधिलाई साइबर अपराधका रूपमा लिएर आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com