काठमाडौं । लोकप्रिय गायिका ज्योति मगरले हालको सरकारमा मन्त्री नियुक्ति प्रक्रियाप्रति सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेकी छिन्।

आइतबार आफ्ना फेसबुकमा पोस्ट गर्दै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाउने प्रवृत्तिलाई कटाक्ष गरेकी हुन्। उनले लेखेकी छिन्, ‘पहिले: एउटा साबुन किन्ने, सलाई निःशुल्क पाउने। अहिले: केपी ओलीलाई गाली गर्ने, मन्त्री निःशुल्क बन्ने।’

उनीसँगै कमेन्ट गर्ने एक प्रयोगकर्ताले मजाक गर्दै भने, ‘अब केपी ओलीको सत्ता फर्कियो भने ज्योति संस्कृति मन्त्री पक्का!’

यसको जवाफमा मगरले चाणक्य नीति उद्धृत गर्दै आफूलाई अबोध र अन्जान नागरिक भएको स्पष्ट पारेकी छिन्। उनले लेखेकी छिन्, ‘चाणक्य नीति भन्छ, यदि सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस्, त्यो शासक सत्यको बाटोमा छ। म त केवल अबोध, अन्जान नागरिक, जे देख्छु त्यही बोल्छु।’

साथै उनले दर्शक र शुभचिन्तकका लागि ‘दिलको मन्त्री’ बन्ने पर्याप्त भएको बताउँदै, संस्कृति मन्त्री पद नचाहिने रमाइलो प्रतिक्रिया दिएकी छिन्।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com