काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज छठ पर्वको अवसरमा कमलपोखरीमा आयोजना हुने पूजामा सहभागी हुने भएकी छन् ।

प्रधानमन्त्री कार्की आज दिउँसो सवा ४ बजे कमलपोखरी पुग्ने कार्यक्रम रहेको प्रेस संयोजक राम रावलले जानकारी दिए।

आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा अर्चना गरी अर्घ अर्पण गर्ने परम्परा रहेको छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्वको समापन गरिन्छ।

अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने मुख्य दिनका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। ब्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा पालन गर्दैछन।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com