काठमाडौं । प्रहरीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई हाल काठमाडौँको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

advertisement

पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुङ्गामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com