काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणका लागि मन्त्रिपरिषद्ले औपचारिक स्वीकृति दिएको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल नेतृत्वको टोलीले कात्तिक १७ देखि २० गतेसम्म कतारको राजधानी दोहा भ्रमण गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गर्नेछन्।

मन्त्री खरेलले बैठकपछि जानकारी दिँदै भने, ‘कतारको दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा हुने औपचारिक भ्रमणका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।’

राष्ट्रपति पौडेलको यो भ्रमण नेपाल–कतार सम्बन्ध सुदृढ गर्न र सामाजिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com