काठमाडौं । यस ‘ग्लोबल नागरिक’का नियमित स्तम्भकार तथा (अ.प्रा) सेनानी गणेश अम्गाईलाई मातृशोक परेको खबरले हामी स्तब्ध भएका छौँ।

उहाँकी ममतामयी माता सीता अम्गाईको ६४ वर्षको उमेरमा छाउनीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ ९:४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय सीता अम्गाई स्तम्भकार गणेश अम्गाईका लेखहरू लेख्नका लागि हौसला र प्रेरणाको स्रोत हुनुहुन्थ्यो भन्ने तथ्यले उहाँको अभाव अझ खड्किएको महसुस गरेका छौं। एक असल अभिभावक गुमाउनु परेको यस दुःखद घडीमा ‘ग्लोबल नागरिक’ तथा ग्लोबल जर्नालिष्ट ग्रुप परिवार शोकसन्तप्त स्तम्भकार गणेश अम्गाई सहित सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

​स्वर्गीय सीता अम्गाईको निधनले स्तम्भकार अम्गाई र उहाँको परिवारमा पर्न गएको असह्य पीडाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । शुक्रबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको जानकारी गराउँदै हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस कठिन परिस्थितिमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनाका साथ शोककाकुल सबैप्रति हाम्रो गहन सहानुभूति छ ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com