काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ७०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार ३ हजार ५५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया