काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका पेश गरेका छन्।

महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गरेका हुन्। यसअघि उनले विभिन्न मितिसहितको प्रस्तावित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पनि पेश गरिसकेका थिए।

तर, सभापति शेरबहादुर देउवा पक्षका अधिकांश वर्तमान र पूर्व पदाधिकारीहरू आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगर्ने अडानमा रहेका छन्।

यस्तै, देउवा पक्षले पनि आफ्नो पक्षको महाधिवेशन कार्यतालिका तयार गर्दै बैठकमा पेश गर्ने तयारी गरिरहेको बताइएको छ। यसले पार्टीभित्र चुनावअघि र चुनावपछि महाधिवेशन गर्ने विषयमा देखिएको मतभेद अझ स्पष्ट बनाएको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com