काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी हुन्।

बर्दिबासस्थित एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाएकी हुन्। संविधानको धारा १६८ ९३० बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

आफूसहित चार मन्त्रीले प्रदेशप्रमुखबाट शपथ खाएको यादवले जानकारी दिए। तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ।

 

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com