काठमाडौं । दार्चुला जिल्लामा सोमबार दिउँसो हल्का भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा गोकुलेश्वर आसपास केन्द्रविन्दु रहेको ३.५ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

केन्द्रका अनुसार यो सानो परिमाणको भूकम्प भएकाले ठूलो क्षति वा व्यापक प्रभाव परेको छैन। चार म्याग्निच्युडभन्दा कमका भूकम्प सामान्यतया धेरैले महसुस गर्न कठिन हुने बताइन्छ।

यसअघि कात्तिक २१ गते अछाममा ४ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्ला दिनमा सुदूरपश्चिम क्षेत्रमा साना भूकम्पका गतिविधि क्रमशः भइरहेका छन्।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com