काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ४ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुन तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार १७० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया