काठमाडौं । गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत युवाहरूको पछिल्लो ‘जेनजी आन्दोलन’ का विभिन्न कारणहरू विश्लेषण गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन्।
उनले ‘जेनजी आन्दोलन’ किन भयो भन्दै ११ बुँदामा कारणहरूको सूची बनाएकी छन्, जसमा देशको चिन्ता गर्ने इमानदार युवाहरूको पक्षलाई अपवादमा राखेकी छन्। उनले आफ्नो पोस्टमा युवाहरूका विभिन्न स्वार्थलाई जोडेर आन्दोलनको उद्देश्यमाथि प्रश्न उठाएकी छन्।
उनले दुःख व्यक्त गर्दै लेखेकी छन्, ‘दुर्भाग्य उनीहरू कै अगाडि निर्दोषहरू ढले, उनीहरू कै अगाडि देश जल्यो।’
डरै डरमा यो पोस्ट लेखेको बताउँदै उनले कमेन्ट नपढ्ने भन्दै गाली गर्नेहरूलाई जति गाली गरे पनि गर्नु भनेकी छन्।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया