काठमाडौं । माओवादी नेता नारायणकाजी श्रेष्ठले मधेस प्रदेशमा भएको विवादास्पद शपथ समारोहप्रति कडा आपत्ति जनाएका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तत्कालीन प्रदेश प्रमुखमार्फत एक होटेलमा गरिएको शपथलाई ‘राजनीतिक नैतिकताको पतन’ भनेका छन्। उनका अनुसार, यो घटनाले देखाउँछ कि ‘जेन जी विद्रोह’ पछि पनि राजनीतिक दल र नेताहरूले आत्मसमीक्षा गरेका छैनन्।
उनले लेखेका छन्, ‘जेन जी विद्रोहको प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रुपान्तरण हो भन्ने कुरा बेवास्ता गरेर अघि बढ्ने प्रवृत्ति अहिले पनि दलहरूमा देखिन्छ, जुन अत्यन्तै घातक छ।’
श्रेष्ठले सबै जेन जी आन्दोलनकारी र सुधारको पक्षमा उभिएका नागरिकहरूलाई पुनः एकपटक राजनीतिक दलहरूको शुद्धीकरण र रुपान्तरणको मागमा बलियो आवाज उठाउन आह्वान गरेका छन्।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया