काठमाडौं । ‘सय किलो सुन प्रकरण’मा दोषी ठहर भई जेल सजाय काटिरहेका र जेनजी आन्दोलनको अवसरमा कारागारबाट फरार भएका कैदी हर्कराज राईलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुरको अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ–४ पासीकोटमा बस्दै आएका ५१ वर्षीय राईलाई पक्राउ गरेको हो।

advertisement

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका राईमाथि संगठित अपराध, सुन तस्करी र नेपाल राष्ट्र बैंकसम्बन्धी कानुनी उल्लङ्घनका मुद्दामा सजाय तोकिएको थियो।

उनी फरार भएपछि प्रहरीले निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो। अखेर सूचना र गोप्य निगरानीका आधारमा काठमाडौंमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com