इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादस्थित जिल्ला अदालत परिसरबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पाकिस्तानी प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ताका अनुसार विस्फोटको प्रकृति अहिलेसम्म स्पष्ट हुन बाँकी छ। उनले भने, ‘यो कस्तो प्रकारको विस्फोट थियो भन्नेबारे अनुसन्धान भइरहेको छ। फोरेन्सिक टोलीले प्रतिवेदन बुझाएपछि मात्र विस्तृत विवरण दिन सकिनेछ।’

advertisement

विस्फोट अदालत भवनको प्रवेशद्वार नजिकै भएको बताइएको छ, जहाँ सामान्यतया सेवाग्राही र कानुनी व्यवसायीहरूको भीड रहने गर्छ।

स्थानीय सञ्चारमाध्यमहरूले घटनास्थलका तस्बिरहरू सार्वजनिक गरेका छन्, जसमा रगताम्मे अवस्थाका घाइतेहरूलाई प्रहरी र उद्धारकर्मीहरूले अस्पतालतर्फ लैजाँदै गरेको देखिन्छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् र सम्पूर्ण क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com