काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) का नेता रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन्। लामो समयपछि भएको भेटमा दुवैले व्यक्तिगत र राजनीतिक विषयमा खुला कुराकानी गरेको मिश्रले सामाजिक सञ्जालमार्फत बताएका छन्।

मिश्रका अनुसार भेट करिब डेढ घण्टा लामो भएको थियो। उनले लेखेका छन्, ‘औपचारिक कार्यक्रममा सम्मानजनक भाषा प्रयोग गरे पनि, अनौपचारिक अवस्थामा म नेपालमा ‘तिमी’ भनेर सम्वोधन गर्ने थोरै मान्छेमध्ये रवि पनि पर्छन्। रवि र म वाल्यकालमा लगभग एउटै टोलमा हुर्किएका हौं।’

उनका अनुसार भेटको अन्त्यमा लामिछानेले भनेका थिए, ‘हाम्रो यो वाल्यकालदेखिको दाइ–भाइको गफ हो, खुब मजा आयो।’ भेट अङ्कमालसँगै सुरु र अन्त्य भएको मिश्रले उल्लेख गरेका छन्।

राजनीतिक मतभेदका बाबजुद पनि लामिछानेप्रतिको आफ्नो सद्भाव कहिल्यै नघटेको बताउँदै मिश्रले भनेका छन्, ‘रविको केसलाई तत्कालीन सरकारले प्रतिशोधबाट प्रेरित भएर ह्याण्डल गरेको थियो। बर्तमान सरकारले त्यस्तो प्रतिशोध साँध्ने छैन भन्नेमा म विश्वस्त छु।’

लामिछानेको उर्जा, आत्मविश्वास र दृढताले आफू प्रभावित भएको उल्लेख गर्दै मिश्रले लेखेका छन्, ‘रविले भने, ‘म यिनीहरूसँग लड्ने नै हो, दाइ। म त यहाँ आनन्दमा छु। पीडामा त यिनीहरू छन्।’

मिश्रले अन्त्यमा भनेका छन्, ‘हाम्रो राजनीतिक बाटो फरक होला तर मेरो धेरै शुभकामना छ, रवि, तिमीलाई।’

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com