झापा । जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पङ्कराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । जेनजी आन्दोलनका क्रममा दुवै थुनुवा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुवै थुनुवा लागुऔषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए । पक्राउपछि दुवैलाई पुनः इप्रका अनारमनीमा ल्याइएको छ ।

advertisement

यसअघि बाह्रदशी गाउँपालिका–४ रामचोकमा डेरा गरी बस्दै आएका २७ वर्षीय ईसरप खातुन र सोही वडाका २२ वर्षीय विकास टुडु जेनजी आन्दोलनमा लुटिएको हतियारका गोलीसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति: २७ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com