काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। ग्रहण लाग्ने समय आसपास निर्वाचनको मिति तोकिएको भन्दै उक्त मितिमा चुनाव नहुने वा भए अनिष्ट हुने भविष्यवाणी सार्वजनिक गरेपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरी स्रोतका अनुसार अधिकारीलाई आइतबार मच्छेगाउँस्थित निवासबाट पक्राउ गरिएको हो। परिवारका सदस्यहरूले भने बिनापूर्जी घरबाटै लगिएको दाबी गरेका छन्। उनकी श्रीमती लक्ष्मी अधिकारीका अनुसार ‘१० मिनेट कुरा गर्नु पर्‍यो’ भन्दै लगिएको र साँझसम्म घर फर्काउन नसकिने जानकारी प्रहरीबाट आएको बताइन्। उनलाई सम्मानपूर्वक राखिने जानकारीसमेत दिएको परिवारको भनाइ छ।

advertisement

पक्राउको समय अदालतहरू बन्द रहेकाले तत्काल न्यायिक प्रक्रिया अघि बढ्न सकेको थिएन। परिवारले कानुनी प्रक्रियामार्फत न्यायका लागि पहल गर्ने जनाएको छ। उता, केही ज्योतिषीहरूले अधिकारीको पक्राउको विरोध जनाउँदै अभिव्यक्ति स्वतन्त्रताको विषय उठाएका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com