काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार बेलुकी सिंगापुरबाट स्वदेश फर्कन लागेका छन्। देउवा फर्किन लागेको जानकारी उनी निकट एक नेताले पुष्टि गरेका छन्।

देउवा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए। जेन–जी आन्दोलनका क्रममा उनीहरू दुबैजना सांघातिक आक्रमणमा परेर घाइते भएका थिए।

२४ भदौमा आक्रमणमा परी सार्वजनिक रूपमा देखिन नरहेका देउवा दम्पती २८ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पहिलोपटक उपस्थित भएका थिए।

उक्त बैठकमै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्दै पार्टीको नियमित कार्य सञ्चालनका लागि आवश्यक अधिकार हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com