काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशमा अनियन्त्रित रूपमा राजनीतिक दल दर्ता भइरहनु जेनजी आन्दोलनका लक्ष्यका लागि हानिकारक हुने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै मन्त्री पुनले १२३ वटा दल दर्ता भइसकेको र थप ३२ दल दर्ता प्रक्रियामा रहेको तथ्यलाई उदाहरणका रूपमा उल्लेख गरे। ‘यिनीहरूले आफैँ आफ्नो भविष्य खन्दै छन्,’ पुनले लेखे, ‘विश्वमा शक्ति फुटेर होइन, एकता र सहकार्यबाट बढ्छ।’

उनका अनुसार नेपाली समाजमा सानोतिनो विषयमा पनि सहमति नबन्ने प्रवृत्तिले निर्वाचन आयोगमा नयाँ–नयाँ दल खोल्ने प्रतिस्पर्धा बढाइरहेको छ।

मन्त्री पुनले यस्तो अवस्था दीर्घकालीन रूपमा खतरनाक भएको उल्लेख गर्दै भने, ‘यदि यही ढंगले दल फुट्न र दर्ता हुन जारी रह्यो भने, बुढा नेताहरूको संरक्षणमा पलाएका जाली–फटाहा नेताहरू र तिनका आसेपासेहरूको शासन पुनः फर्किन्छ।’

उनले जेनजी आन्दोलनको मूल उद्देश्य कमजोर नपार्न आग्रह गर्दै अहिलेको मन्त्रिपरिषद्ले गरेका सकारात्मक निर्णयहरू पुरानै ‘भ्रष्टाचारग्रस्त’ दलहरू फर्किएमा उल्ट्याइने आशंका पनि व्यक्त गरे।

प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com