काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनकाे मुल्य प्रतितोला दुई लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला तीन हजार एक सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भएकाे थियो।
प्रकाशित मिति: १ मंसिर २०८२, सोमबार












प्रतिक्रिया