काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै वरपरका नेताहरूले घेरेर संकटमा पारिसकेको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलामा सम्बोधन गर्दै ओलीले प्रचण्डले ‘एकता’का नाममा अनुचित ढंगले नेताहरू सङ्कलन गर्दा अहिले त्यसकै परिणाम भोग्नु परेको बताए।

उनका शब्दमा, ‘एकताको नाममा नचाहिने काम गर्ने, अहंकारले भरिएका नेताहरूले प्रचण्डलाई घेरिसकेका छन्। एक हिसाबले म त खुसी छु—दोस्रो, तेस्रो, चौथो हुँदै छैटौँ तहका नेता पनि मेरै साथी। अब प्रचण्डले बुझ्लान्, मेरा साथी कस्ता–कस्ता छन्।’

ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत लामो समय एमालेमा रहेका तर पछि विभाजनमा गएको समूहतर्फ संकेत गर्दै भने, ‘मेरा साथीहरूले प्रचण्डलाई घेरेर माओवादी पार्टी नै कमजोर बनाइदिए, लगभग सिध्याइदिए।’

उनले दाबी गरे, अब ‘नेकपा माओवादी’ को वैधानिक अस्तित्व नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहमै सीमित छ। ‘अब नेकपा माओवादी भनेको विप्लवजीहरूको पार्टी हो। प्रचण्डहरू अब माओवादी कहलिने आधार नै बाँकी छैन,’ ओलीले भने।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com