काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै उत्तेजनाको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए।

उनले भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, थप कतै प्रतिशोध र निषेधको भाव फैल्याउने काम भएको छ। देशलाई थप हिंसातर्फ लिएर जाने प्रवृत्तिहरू देखा परेका छन्। यस्ता गतिविधि जुन दल र समूहबाट भए पनि यो गलत छ भन्ने हाम्रो ठहर छ। हामी यसको विरुद्धमा हामी उभिन्छौँ।’

advertisement

उनले एमालेलाई लक्षित गर्दै कुनै घृणा र उत्तेजनाको भाषा प्रयोग नगर्न आग्रह गरे। राजनीतिक दलहरूले आफ्नो गतिविधि गर्न कुनै अवरोध हुन नहुने समेत बताएका छन्।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com