काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण गरेका छन् ।

शनिबार मन्त्री घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै कार्यप्रगतिका बारेमा जानकारी लिएका हुन् ।

advertisement

सो क्रममा काभ्रेको बनेपा क्षेत्रमा देखिएका चुनौती, प्रगति र आवश्यक समन्वयका विषयमा बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्यले मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।

मेयर शाक्यले बनेपाको पुलबजारलगायत पुरै बनेपा बजार क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापन, संरचना हटाउने प्रक्रिया, पानी–धारा तथा बिजुली सर्ने कार्यका कारण स्थानीयले भोग्नुपरेका समस्या र आगामी योजना बारे अवगत गराएका थिए ।

मन्त्री घिसिङले राजमार्ग विस्तार कार्य राष्ट्रिय प्राथमिकताको विषय भएकाले बनेपा क्षेत्रलाई नमुना स्वरूप विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले काममा देखिएका अवरोध तत्काल समाधान गर्दै स्थानीय स्तरमा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com