काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा सभाको अध्यक्षता पूर्व सांसद सन्तोष परियारले गर्ने भएका छन्। राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे यस पार्टी एकीकरणसम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रमको प्रारम्भिक रूपरेखा अनुसार सभाको अध्यक्षता परियारले गर्नेछ भने कार्यक्रम सञ्चालन दुर्गा सोबले गर्नेछन्। साथै, सुदन किराँतीले स्वागत मन्तव्य प्रस्तुत गर्ने तयारी छ।
बाबुराम भट्टराईद्वारा स्थापित र हाल दुर्गा सोब नेतृत्व गरेको जसपा (नयाँशक्ति), जनार्दन शर्माको पहलमा गठित र अहिले सुदन किराँती नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी, तथा रास्वपा परित्याग गरेका पूर्व प्रतिनिधि सभा सदस्य सन्तोष परियार समूहबीच आजको सभामार्फत औपचारिक एकता घोषणा गर्न लागिएको हो।
सभामा पार्टीको भावी नीतिगत दिशा, नेतृत्व संरचना तथा कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिने नेताहरूले बताएका छन्।
एकता प्रक्रियापछि नयाँ नेतृत्व संरचनामा अध्यक्ष परिषद गठन गरी पार्टीको कार्यकारी भूमिका सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको बताइएको छ।
प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार













प्रतिक्रिया