काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सबै राजनीतिक र नागरिक शक्ति मिलेर सामूहिक पहल गर्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सभागृहमा आइतबार आयोजित पार्टी एकता घोषणा सभामा बोल्दै उनले देशलाई थप संकटमा फस्न नदिन एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

परियारले भने, ‘हामी लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि संघर्ष गर्दै आएका छौँ। अहिले देशले चार ठूला संकटको सामना गरिरहेको छ। पहिलो, राष्ट्रियताको संकट—जेनजि विद्रोहपछि राष्ट्रियता गम्भीर चुनौतीमा परेको छ। दोस्रो, लोकतन्त्रमाथिको संकट—संविधानले प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने डर देखिन्छ। तेस्रो, संविधानमाथिको संकट—संविधान संरक्षण नगरे यसको मूल्य घट्न सक्छ। चौथो, आर्थिक संकट—देशको अर्थतन्त्र गहिरो दबाबमा छ। यदि संकटको यस घडीमा हामी सामूहिक बुद्धिमत्ता र पहल अपनाउँदैनौँ भने देश थप संकटमा पर्न सक्छ।’

advertisement

सरकार र नागरिकबीचको विश्वासको संकटप्रति चिन्ता व्यक्त गर्दै परियारले आफ्नो पुस्ताका लागि सबैभन्दा ठूलो चुनौती राज्यमाथि गुमेको विश्वास पुनर्स्थापना गर्नु रहेको बताए।

राष्ट्रिय संकट समाधानका लागि नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानसहितको एकता मार्फत लोकतान्त्रिक पार्टी घोषणा गर्न लागिएको परियारले जानकारी दिए। संकटको यस घडीमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एकजुट भएर अघि बढ्न उनले आह्वान गरे।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com