काठमाडौं । पत्रकार दिपेन्द्र खनियाँ  बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ आइतबार दिउँसो करिब १२ बजे घरको वरन्डामा तारको पासो झुन्डिएको अवस्थामा भेटिएका हुन्।

एसपी भट्टराईले भने, ‘उहाँलाई घरको वरन्डामा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेपछि मुचुल्का उठाइ शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।’

खनियाँ रेडियो अडियो एफएमका सञ्चालक समेत रहेकाले उनको मृत्युले सञ्चार क्षेत्र स्तब्ध बनेको छ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com