काठमाडौं । पार्टीभित्र नेतृत्व परिवर्तन हुने संकेत दिँदै गगन थापाले आगामी चुनाव वर्तमान सभापतिको हस्ताक्षरमा नलडिने स्पष्ट गरेका छन्। बिहानदेखि उठेका प्रश्नहरूबीच उनले विधानअनुसार अब निर्धारित समयभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा हुने बताएका छन्।
थापाका अनुसार विशेष महाधिवेशनबाट नयाँ सभापति निर्वाचित भई सोही नेतृत्वको हस्ताक्षरमा पार्टीले निर्वाचन आयोगमा निर्णय सच्च्याएर पेस गर्नेछ। ‘नयाँ नीति र नयाँ नेतृत्वसहित पार्टी चुनावमा जान्छ,’ उनले भने।
चुनावभन्दा अघि महाधिवेशन आवश्यक भएको स्पष्ट गर्दै उनले विकल्प अब बाँकी नरहेको र कार्यकर्ता अलमलमा नपर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार













प्रतिक्रिया