काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभक्त र सच्चा वामपन्थी शक्तिहरू आफ्नो पार्टीमा एकीकृत हुँदै जाने दाबी गरेका छन्।

पेरिसडाँडामा आयोजित पार्टीको प्रदेश कार्यक्रममा बोल्दै प्रचण्डले आगामी ११ गते जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह एकता प्रक्रियामा आउने जानकारी दिएका छन्।

उनले भने, ‘विभिन्न पार्टीहरू मिलेर नयाँ शक्ति निर्माण हुनेछ। हामीले यस प्रक्रियामा विशेष गरी युवाहरूलाई बढी सम्बोधन गर्ने प्रयास गरेका छौं। युवाहरूको सही एजेन्डालाई समर्थन गर्दै आएका कारण जेन-जि पुस्ताले आफ्नो वास्तविक अभिभावक नेकपा नै हो भन्ने बुझेका छन्।’

प्रचण्डले पार्टी एकता प्रक्रियालाई छिटो टुङ्ग्याएर आगामी चुनावको वातावरण निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com